18th January | 2020 | Saturday | 2:46:49 AM

चुनावको पवित्रता उल्लंघन गर्न हुन्न –वरिष्ठ नेता पौडेल

  POSTED ON : मंसिर ११, २०७६ (३:४७ PM)

चुनावको पवित्रता उल्लंघन गर्न हुन्न –वरिष्ठ नेता पौडेल

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न उपनिर्वाचनको पवित्रता उल्लङ्घन गर्न नहुने बताएका छन् । 

नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले अहिलेको चुनाव जनताद्वारा वर्तमान सरकारको मध्यावधि मूल्याङ्कन गर्ने चुनाव भएका कारण यसको पवित्रता उल्लङ्घन गर्न नहुने बताए ।

कास्की क्षेत्र नं २ मा पार्टीले त्यागी, इमान्दार नेता खेमराज पौडेललाई अघि सारेकाले अब जनताले न्याय गर्नुपर्ने धारणा राखे ।

कालापानीमा सीमा मिचिएको विषयमा कहिल्यै कसैले पनि संसद्मा प्रस्ताव नलगेको र त्यसलाई आफूले नरोकेको जिकिर गर्दै उनले झुटो प्रचार गरेर भ्रम सिर्जना नगर्न आग्रह गरे । रासस


Views: 55