20th January | 2020 | Monday | 12:36:19 PM

पोखरामा वृहत् चुनावी सभा (फोटोफिचर)

  POSTED ON : मंसिर ११, २०७६ (६:३५ PM)

पोखरामा वृहत् चुनावी सभा (फोटोफिचर)

पोखरा । कास्की–२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा कास्कीद्वारा पोखरामा बुधबार आयोजित वृहत् चुनावी सभामा मन्तव्य व्यक्त गरेका थिए । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पोखरामा आयोजना गरेको चुनावी सभास्थल नजिकै आज बम विस्फोट समेत भएको थियो ।

कास्की–२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको हो । उक्त क्षेत्रमा नेतृ विद्या भट्टराई सत्तारुढ दलबाट उम्मेदवार बनेकी छन् ।

आयोजित चुनावी सभामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ, काठमाडौँ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य लगायतको सहभागिता रहेको थियो ।


तस्वीरः  हरि बाँस्तोला/रासस


Views: 104