18th January | 2020 | Saturday | 3:25:31 AM

भक्तपुर क्षेत्र नम्बर १ (क) मा कांग्रेस विजयी

हिमालय टाइम्स   POSTED ON : मंसिर १५, २०७६ (११:२५ AM)

भक्तपुर क्षेत्र नम्बर १ (क) मा कांग्रेस विजयी

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार २९ मत पाएका छन्।

अन्तिम नतिजाको औपचारिक घोषणा हुन बाँकी छ। 

भक्तपुरमा कांग्रेस–राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए।


Views: 77