13th December | 2019 | Friday | 4:02:56 PM

अस्पतालबाटै प्रधानमन्त्रीको भिडियो सन्देश– मेरो स्वास्थ्यमा राम्ररी सुधार भइराख्या छ

  POSTED ON : मंसिर १६, २०७६ (५:०१ PM)

अस्पतालबाटै प्रधानमन्त्रीको भिडियो सन्देश– मेरो स्वास्थ्यमा राम्ररी सुधार भइराख्या छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै भिडियो सन्देश दिदैँ आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको बताएका छन्।

 प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताएका छन् । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेण्टरको सघन उपचार कक्षबाट भिडियो कन्फरेन्समार्फत आज उनले मुख्य शल्यक्रियापछि पनि आफू उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने तथा समाचारहरु हेर्न सक्ने अवस्थामा रहेको जानकारी दिएका छन् ।


प्रधानमन्त्रीले भिडियो सन्देश यस्तो छ–

’एपेण्डीसाइटिस भनेको कसैलाई समय र सूचना दिएर आउने रोग होइन । यो अचानक आइलाग्छ । मलाई पनि अप्रत्यासित रुपमा त्यसैगरी आइलाग्यो । त्यसमा इन्फेक्सन भएछ । र, त्यो बाहिर पनि फैलिएछ । त्यसमा मात्रै इन्फेक्सन सिमित भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो । बाहिर पनि इन्फेक्सन भएको हुनाले त्यो इन्फेक्सनलाई पनि हटाउनु पर्यो। त्यस कारण उपचारका क्रममा हप्ता दश दिन लाग्ने भयो । तर, मेरो स्वास्थ्य राम्ररी सुधार भइराख्या छ । एउटा मेजर अपरेशनपछि तपाईंहरु देखिरहनु भएको छ । मेजर अपरेशनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु । 

हिजो मैले १३ औं ’साग ’ को उद्घाटन समारोह पनि पूरै हेरेँ । हुन सक्छ कि सक्दैन भन्ने दुविधा समाप्त भएकामा खुसी लाग्या छ । म राष्ट्रपतिज्यूलाई उद्घाटन गरिदिनु भएकोमा, अरु सबैलाई सहभागि हुनु भएकोमा धन्यवाद भन्न चाहन्छु । मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’ 


–केपी शर्मा ओली

प्रधानमन्त्री

(मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्षबाट)




Views: 122