24th February | 2020 | Monday | 8:57:09 AM

समाजवादी पार्टीले सरकार छाड्ने

हिमालय टाइम्स   POSTED ON : पुष ८, २०७६ (१:५१ PM)

समाजवादी पार्टीले सरकार छाड्ने

काठमाडौं  । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ ।

मंगलबार बिहान समाजवादी पार्टीको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।

अब संसदीय दलको बैठक बसेर औपचारिक निर्णय सार्वजनिक गरिने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीलाई भेटेर समाजवादीका अध्यक्ष तथा सरकारका उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले राजीनामा बुझाउने बताइएको छ । 

यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादव मन्त्रालय हेरफेरमा कानुन मन्त्री बनेका थिए । 

संविधान संशोधनको सर्तसहित सरकारमा सामेल भएको समाजवादी पार्टीका उपप्रधानमन्त्री यादवले हिजो सोमबारको मन्त्रिपरिषद्को बैठकमा संशोधन प्रस्ताव ल्याएका थिए । उनले संविधान संशोधनको लिखित प्रस्ताव पेश गर्न खोजे पनि प्रधानमन्त्री ओलीले रोकिदिएका छन् । 


Views: 81