20th February | 2020 | Thursday | 11:52:13 AM

कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुनुपर्छ –शेखर कोइराला

  POSTED ON : पुष १४, २०७६ (१:३४ PM)

कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुनुपर्छ –शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रहेकोमा जोड दिए ।

डा कोइरालाले पार्टी सभापतिले महाधिवेशनको मिति सार्न नहुने सुझाव दिँदै महाधिवेशनमा कार्यकर्ता एकभएर जाने विश्वास व्यक्त गरे ।


Views: 72