21st February | 2020 | Friday | 11:00:40 AM

पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्छ : नेता नेपाल

  POSTED ON : पुष १५, २०७६ (९:४४ AM)

पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्छ : नेता नेपाल

हेटौंडा । नेकपाका वरिष्ठ नेता एवम् पूर्र्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको विधान र विधिलाई कडाइका साथ लागू गर्न कमजोरी हुँदा पार्टी सङ्गठन गर्न समस्या भएको बताएका छन् । 

नेकपा हेटौँडा उपमहानगरपालिका कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले पार्टी एकीकरणको बाँकी काम पूरा गर्न सबै लाग्नुपर्छ भने । वरिष्ठ नेता नेपालले माक्र्सवादलाई नेपाल सुहाउँदो ढङ्गले लागू गरी समृद्धि ल्याउनुपर्ने बताए ।

सो अवसरमा उनले उपमहानगरपालिकाको १९ वटा वडा कमिटीका ६६५ जना सदस्यलाई पार्टी विधानबमोजिम शपथ गराए । 

 प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी र नामको टुङ्गो लगाएपछि प्रदेशको विकास र समृद्धितर्फ लाग्ने बताए । रासस


Views: 73