20th February | 2020 | Thursday | 9:46:07 AM

पुनः सभापति बन्न देउवाले पार्टी समाप्त पार्न लागे – सुजाता कोइराला

चन्द्रकान्त खनाल   POSTED ON : पुष १८, २०७६ (४:२७ PM)

पुनः सभापति बन्न देउवाले पार्टी समाप्त पार्न लागे – सुजाता कोइराला

रुपन्देही । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पुनः सभापति बन्नको लागि पार्टी समाप्त पार्न लागेको बताएकी छन् ।

बुटवलमा प्रेस युनियनको पत्रकार सम्मेलनमा बोल्दै सुजाताले देउवाले फेरि सभापति बन्नकै लागि पार्टी समाप्त पार्न लागेको आरोप लगाइन् । ‘पार्टी सबैभन्दा ठूलो कुरा हो, ब्यक्ति होइन, पार्टीको बिबाद नमिले आउने चुनावमा कांग्रेस जिरो बन्छ  ।’ उनले भनिन् ।

उनले थपन्–ि यदि पार्टीमा गुट र यस्तै किचलो भइरहे म गिरिजाप्रसाद कोइरालाको छोरीको पनि हात यो पार्टीमा भोट हाल्नलाई काम्छ । ’

 भोट हाल्ने बेला जनताले पनि यो बिषयमा गम्भीर भएर सोच्ने उनको भनाइ थियो । पार्टीको बिबाद तत्काल अन्त्य गर्दै कांग्रेस पार्टीलाई बलियो बनाउनुपर्ने उनको धारणा थियो ।  

कांग्रेस महाधिबेशनमा सबैको साझा उम्मेदबार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाइै नै जिताउनुपर्ने उनले बताइन् । उनले भनिन्– कोइराला परिवार भनेर मात्रै होइन, कांग्रेसमा योगदान गरेको इतिहास छ । शेखर, शशांक ,म जोभएपनि हामी बिच बिबाद छैन ।’

कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी कोइरालाले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र बलियो हुने बताइन् । सरकारले जनचाहना बिपरितका काम गरेको भन्दै उनले सरकारलाई सच्चिन समेत आग्रह गरिन् । निर्मला हत्या, वाइडबडी, बालुवाटार, यतिकाण्डदेखि २०—३० वटा काण्डै काण्ड मच्चाएर सरकारले के गर्न खोजेको हो भनेर प्रश्न समेत गरिन् ।

पत्रकार सम्मेलन सभापति रेखा भुसालको अध्यक्षता तथा सहसचिव कल्पना तिवारीको संचालनमा भएको थियो ।


Views: 92