10th April | 2020 | Friday | 3:07:30 PM

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

  POSTED ON : माघ ५, २०७६ (६:२५ PM)

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको सभामुखका लागि स्थायी कमिटी सदस्य समेत रहेका सांसद अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए ।

आजै विहान मात्र प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो ।

बैठकले उपसभामुखबाट शिवमाया तुङ्गबाहाम्फेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय समेत गरेको छ ।


Views: 148