17th February | 2020 | Monday | 6:00:42 AM

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

  POSTED ON : माघ ७, २०७६ (२:०६ PM)

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।  पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाका अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सभामुखमा आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको हो । 

काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सभामुख निर्वा्चित गर्न सत्तारुढ दलसँग यथेष्ट मत रहेकाले प्रतिनिधिसभाको सभामुखको आसन्न निर्वाचनमा काङ्ग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको जानकारी दिइन् । “सभामुख पद आफैँमा तटस्थ रहनुपर्ने पद भएकाले काङ्ग्रेस संसदीय दलले उम्मेदवारी नदिने निर्णय गरेको छ”, उनले भनिन् । 

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि रिक्त सभामुख पदका लागि आज उम्मेदवारी तथा माघ १२ गते निर्वाचन हुँदैछ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले भने अग्निप्रसाद सापकोटालाई सभामुखमा अगाडि सारेको छ । रासस


Views: 74