10th April | 2020 | Friday | 3:58:02 PM

राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलले दिए राजीनामा

  POSTED ON : माघ १०, २०७६ (४:१५ PM)

राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् । उनले शुक्रबार राजीनामा दिएका छन् ।

मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी  २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।

द्वन्द्वकालीन मुद्दा खेपिरहेका अग्नि सापकोटालाई सभामुख बनाउन लागेको भन्दै त्यसप्रति असन्तुष्टि जनाएर उनले राष्ट्रपति समक्ष राजीनामा दिएका हुन्।

उनले काभ्रेका अर्जुन लामा हत्याको अभियोग लागेका सांसद सापकोटामाथि अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए ।


Views: 71