10th April | 2020 | Friday | 3:17:15 PM

कांग्रेसमा जुट्यो सहमति– महाधिवेशन तोकिएकै समयमा हुने

  POSTED ON : माघ १०, २०७६ (६:०५ PM)

कांग्रेसमा जुट्यो सहमति– महाधिवेशन तोकिएकै समयमा हुने

काठमाडौं । नेपाली कांग्रेस पार्टीको महाधिवेशन तोकिएकै समयमा गर्ने सहमति भएको छ ।

संस्थापन  र असन्तुष्ट पक्षबीच शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति जुटेको हो । 

पाँच घण्टा बसेको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, उपसभापति निधि, नेता प्रकाशमान सिंह लगायतको उपस्थिति थियो ।

केन्द्रीय कार्यसमितिले यस अघि गरेको निर्णय अनुसारकै मितिमा महाधिवेशन गर्ने संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच सहमति जुटेको छ ।

जस अनुसार महाधिवेशन आगामी बर्ष फागुन ७–१० मा गर्ने सहमति भएको छ ।

त्यस्तै कार्यतालिकालाई पदाधिकारी बैठकले टुंग्याउने र केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिने निर्णय बैठकले गरेको छ ।

बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल भएको थियो । १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यताको छानबिन समिति गठन गर्न पनि सहमति जुटेको छ ।

आजको बैठकले नेविसंघको पदाधिकारी चयन आइतवार गर्ने निर्णयसमेत गरेको छ ।

माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठक बस्ने आजको बैठकले निर्णय गरेको छ ।


Views: 80