17th February | 2020 | Monday | 5:52:17 AM

लोकतन्त्रको मूल्यमान्यता र आदर्शलाई कायम गर्नेछु : नवनिर्वाचित सभामुख सापकोटा

  POSTED ON : माघ १२, २०७६ (५:४४ PM)

लोकतन्त्रको मूल्यमान्यता र आदर्शलाई कायम  गर्नेछु : नवनिर्वाचित सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकबाट निर्वा्चित भएर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफू तटस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाहका लागि लाग्ने स्पष्ट गरे ।  उनले आफूलाई उम्मेदवार बनाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा सहयोग गर्ने नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, सङ्घीय समाजवादी पार्टीलगायत सबैलाई धन्यवाद दिए ।

सर्वाेच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा उनले कुनै प्रतिक्रिया दिएनन् । राष्ट्रपतिसँग शपथ लिएपछि नवनिर्वा्चित सापकोटाले पदभार लिनेछन् । प्रतिनिधिसभाको आजको बैठकमा नेकपाका नेता सापकोटा सर्वसम्मतरूपमा निर्वा्चित भएका ह्न् । बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एक मात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरूपमा निर्वा्चित भएको घोषणा गरेका थिए ।


Views: 57