29th February | 2020 | Saturday | 6:18:48 AM

सरकारलाई सिजी कम्युनिकेसनले अनियमितता गरेको शंका

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २, २०७६ (११:२४ AM)

सरकारलाई सिजी कम्युनिकेसनले अनियमितता गरेको शंका

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले व्यावसायिक घराना चौधरी ग्रुपको सिजी कम्युनिकेसनसँग सरकारले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि दिएको सवा करोड डलर अनुदानबाट भएको कामबारे प्रश्न उठाएका छन् । सिजी कम्युनिकेसनले सरकारबाट लिएको उक्त अनुदान रकम हिनामिना भएको हुनसक्ने उनको आशंका छ । 

सरकारका प्रवक्ता रहेका मन्त्री मन्त्री बाँस्कोटाले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा अनुदान रकमका बारेमा सरकारले अध्ययन गर्ने बताए । ‘पूर्वाञ्चलमा ५३४ गाविसमा दूरसञ्चार सेवा पु¥याउन सरकारले विश्व बैंकसँग ऋण लिएर उहाँ (चौधरी ग्रुप) हरूलाई रकम दिएको थियो,’ उनले प्रश्न गरे, ‘त्यसमा पूर्वशर्तहरू थिए । एक हजार ६८ वटा पीएसओहरू खोल्नुपर्ने शर्त थियो, खै त ती भिस्याटमा उपकरण ?’

मन्त्री बाँस्कोटाले सिजी कम्युनिकेसन प्रक्रिया पूरा गरेर आए लाइसेन्स दिन सकिने भन्दै ढोका हुँदाहुँदै झ्यालबाट छिर्न खोजेको आरोप लगाए । सिजीले ४१ जिल्ला र ५३५ गाविसमा मोबिलटी सर्भिस पु¥यााउन लाइसेन्स पाए पनि त्यसको पूर्वशर्तहरू पूरा गरेको÷नगरेको बारेमा सरकारले हेर्ने उनले बताए । 

मन्त्री बाँस्कोटाले सरकारले सिजीमाथि कुनै पूर्वाग्रह नराखेको बताए । उनले सिजी कम्युनिकेसनले प्रक्रिया नपु¥याएकोले मोविलिटी सेवाको लाइसेन्स खारेज गरेको बताए । उनले सिजीसँग पैसा मागेको भन्ने आरोप झूटो रहेको दाबी गरे ।

‘चौधरी ग्रुपसँग २० अर्ब माग्यो भन्छन्, चाहिँदा पनि चाहिँदैन । मेरो घरमा त्यति पैसा राख्ने ठाउँ छैन,’ उनले भने, ‘हामी सकेसम्म राम्रो गर्छौं ।’ मन्त्री बाँस्कोटाले लगाएको आरोप र उनको प्रश्नबारे राखिएको जिज्ञासामा सिजी कम्युनिकेसन्सका एक अधिकारीले उपयुक्त समयमा कम्पनीले आफ्नो कुरा प्रष्ट पार्ने बताए । 


Views: 53