10th April | 2020 | Friday | 5:01:38 PM

पूर्वउपसभामुख तुम्बाहाङ्फे कानूनमन्त्री – सपथ आजै

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ५, २०७६ (११:२९ AM)

 पूर्वउपसभामुख तुम्बाहाङ्फे कानूनमन्त्री – सपथ आजै

काठमाडौं । पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानून न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन् । 

यसअघि समाजवादी पार्टीकले उक्त मन्त्रालय पाएको थियो । समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ । 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रीको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिएको थियो ।

तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गर्ने कार्यक्रम रहेको स्रोतले बतायो ।


Views: 52