29th May | 2020 | Friday | 4:37:38 PM

थप १७ जनामा कोरोना, ४ सय ४४ पुगे संक्रमित

हिमालय टाइम्स   POSTED ON : जेठ ८, २०७७ (१०:१९ AM)

थप १७ जनामा कोरोना, ४ सय ४४ पुगे संक्रमित

काठमाडौं । नेपालमा थप १७ जनामा मा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप सङ्क्रमण देखिएको हो । योसँगैन सँगै नेपालमा सङ्क्रमितको संख्या ४ सय ४४ पुगेको छ । 

नयाँ सङ्क्रमितहरुमा झापाका १५ तथा धनकुटा र सुनसरीका एकएक छन् । मन्त्रालयका अनुसार झापा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षीय पुरुष, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिला रहेका छन् ।  हालसम्म सम्म ४५ जना स्वस्थ्य भई घर फर्किसकेका छन् । सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य छ । ती स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

Views: 55