8th July | 2020 | Wednesday | 7:47:50 AM

एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

हिमालय टाइम्स   POSTED ON : असार १७, २०७७ (१०:३७ AM)

एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

कठमाडौं । नेकपा गठन भएपछि अस्तित्वविहीन बनेको नेकपा एमाले नामक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । सत्तारुढ नेकपामा आन्तरिक विवाद चर्किदै गइरहेको बेला झापाका सन्ध्या तिवारीको नामबाट नेकपा एमाले नामक पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको हो । 

अस्तित्वमा नै नरहेको एमालेलाई पुनः व्युँताउन निर्वाचन आयोगमा निवेदन परेपछि नेकपाको जारी स्थायी कमिटी बैठकमा चर्चा भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति बैठकमा नेकपा एमाले नामक पार्टी दर्ताका लागि आयोगमा परेको निवेदनका विषयमा छलफल भएको पुष्टि गर्नुभयो । 

स्रोतकाअनुसार बैठकमा कार्यकारी अध्यक्ष दाहालले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्यो कि अन्य कसैले दर्ता गरेको हो भन्ने  प्रश्न गर्नुभएको थियो । श्रेष्ठका अनुसार ः कार्यकारी अध्यक्ष दाहालको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै दल दर्ताका लागि परेको निवेदनका बारेमा अनभिज्ञता प्रकट गर्नुभयो । ‘उहाँ (प्रधानमन्त्री) ले आफू यही (नेकपा) पार्टीको अध्यक्ष भएकाले मेरो पार्टी यही हो भन्नुभएको छ,’ श्रेष्ठले जानकारी दिनुभयो ।


Views: 40