19th February | 2018 | Monday | 4:08:16 AM

विद्यालयलाई कतारमा रहेका प्रवासी नेपालीको सहयोग

  POSTED ON : Friday, 09 June, 2017 (1:54:37 PM)

पर्वत । पर्वतको कुस्मा नगरपालिका–१४ आर्थर डाडाँखर्कस्थित शुभकल्याण आधारभूत विद्यालयलाई कतारका प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्न आर्थर डाडाँखर्क समाज कतारले ५० हजार आर्थिक सहयोग गरेको हो । समाजका सचिव लेखनाथ रिमाल र सल्लाहकार हिमलाल शर्मा र काजी गुरुङले विद्यालयलाई बिहीबार सहयोग हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा वडाध्यक्ष भीमप्रसाद गुरुङले विदेशमा रहेर पनि समाजको विकास र शैक्षिक क्षेत्रमा कतार समाजले गर्दै आएको सहयोग उदाहरणीय भएको बताए ।  रासस