Date:2017/07/23 |Sunday

भोजपुरका आगलागी पीडितलाई बेलायतमा बसोबास गर्ने नेपालीको सहयोग

Posted on: July 04, 2017 | views: 49 |

भोजपुर । भोजपुर नगरपालिका–१० भैँसीपङ्खाका आगलागी पीडितलाई चार लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ ।

भैंसीपङ्खामै जन्म लिई बेलायतमा बसोबास गर्ने नेपालीले एकमुष्ट आर्थिक सहयोग पठाएका हुन् । युकेमा सङ्कलित रकम सोही समाजका सदस्य डा भक्त राईले सोमबार क्षतिको आधारमा पीडित परिवारलाई वितरण गरे ।
२०७३ फागुन २० गते भोजपुरको भैँसीपङ्खामा आगलागी हुँदा पाँच घरमा क्षति पुगेको थियो । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं