19th October | 2018 | Friday | 2:25:07 AM

इन्डोनेसियामा प्रहरीको गोली लागि एक नेपालीको मृत्यु

  POSTED ON : Wednesday, 17 January, 2018 (11:05:35 AM)

इन्डोनेसियामा प्रहरीको गोली लागि एक नेपालीको मृत्यु

हिमालय टाइम्स काठमाण्डौ । लागू औषध तस्करको आरोपमा नेपालका ३४ वर्षीय शरण तामाङलाई इन्डोनेसिया प्रहरीले गोली हानेर मारेको छ । 

अल्पाइन होटलमा लुकेर बसेका तामाङलाई लागू औषध तस्करीको सूचनाका आधारमा अपरेशन चलाइएको सेन्ट्रल जाकार्ता मेट्रो पुलिसका चिफ सिनियर कमिशन रोमन हुटाजुजुले बताएका छन् ।फोन नम्बरका आधारमा ट्राक गरिएको र ग्राहक बनेर उनीसम्म पुगेको प्रहरीले बताएको छ ।

 ५० ग्राम ‘मेथ’ अर्डर गरेर उनलाई ओसीबीसी बैंक अगाडि बोलाइएको थियो ।उनी त्यहाँ आएलगत्तै पक्राउ गरिएको र उनको साथबाट ५२ ग्राम लागू औषध बरामद भएको छ । 

सोधपुछका क्रममा उनले अरु साथी रहेको स्थान बताएको र त्यहाँ जाने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको इन्डोनेसिया प्रहरीले बताएको छ ।

मृतक तामाङकोे स्थायी ठेगाना खुलाइएको छैन ।


Views: 39