22nd July | 2018 | Sunday | 8:45:55 PM

पासपोर्ट लिन रियाद सम्म पुग्नु नपर्ने दमामको नेपाली दूतावासबाटै वितरण

  POSTED ON : Wednesday, 24 January, 2018 (7:36:19 PM)

पासपोर्ट लिन रियाद सम्म पुग्नु नपर्ने दमामको नेपाली दूतावासबाटै वितरण

हिमालय टाइम्स । साउदी अरबको पूर्वी क्षेत्र नेपालीले अब तयार भएको राहदानी लिन नेपाली दूतावास रियाद सम्म धाउनु नपर्ने भएको छ । नेपाली दूतावासले पूर्वी क्षेत्र अल–हासा,खोबार,जुबेल,खाब्जी लगायतका स्थानहरुमा कार्यरत नेपालीहरुको सुविधालाई मध्यनजर गर्दै दमामबाटै राहदानी वितरणको प्रवन्ध मिलाएको छ ।

नेपाली दुताबासले एक सूचना जारी गर्दै पूर्वी क्षेत्रको दमाम सिको गार्डेनमा अवस्थित सनराईज कार्गोमा प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार स्थानीय कर्मचारी हरि घिमिरेद्धारा  बिहान ८ बजे देखि दिउँसो ११.३० बजे सम्म राहदानी वितरण गरिने जनाएको छ ।

नेपाली दुताबासले आगामी दिनमा आवेदकहरुको राहदानी तयार भएपछि सूचना जारी गरि जानकारी गराउने समेत बताएको छ ।

पुर्बी क्षेत्रमा कार्यरत नेपालीहरु ले पासपोर्ट बनाउन र बुझ्न रियाद सम्म पुग्नु पर्ने बाध्यता रहेकोमा दुताबासको निर्णयले ठूलो राहत पुर्याउने देखिन्छ ।

थप जानकारी चाहिएमा पूर्वी क्षेत्रका स्थानीय कर्मचारी हरि घिमिरको मोबाईल न ०५०००८१५३६ मा सम्पर्क गर्न समेत दूतावासले जनाएको छ ।