19th November | 2018 | Monday | 10:23:31 AM

लन्डनमा बजगाईंको ‘भाया साक्रा’ सार्वजनिक

  POSTED ON : Friday, 23 February, 2018 (5:38:44 PM)

लन्डनमा बजगाईंको ‘भाया साक्रा’ सार्वजनिक

लन्डन। रोमान्टिक धारका प्रसिद्ध कवि जोन किट्सको निवास लन्डनमा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘भाया साक्रा’ लेखक आफैंले सार्वजनिक  गरेका छन् । सन् १७९५ मा जन्मेका कवि किट्सको निवासलाई ‘सिटी अफ लन्डन’ले  म्युजियमको रुपमा संचालनमा ल्याएको छ । 

उक्त ‘भाया साक्रा’ नियात्रासङ्ग्रहमा इटाली, बेल्जियम र बेलायतका २१ वटा यात्रानुभूतिहरु समावेश छन् । बजगाईंको नियात्राङ्ग्रहमा ज्ञानविज्ञान, इतिहास, कला, साहित्य, दर्शन आदिको समिश्रण रहेको छ । 

आख्यान, कविता र निबन्धमा कलम चलाउने बजगाईं लामो समयदेखि प्रवासमा रहेर लेखन, सम्पादन र प्रकाशन कार्यमा सक्रिय रहेर नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको ‘भाया साक्रा’ बजगाईंको आठौं साहित्यिक कृति तथा दोस्रो नियात्रासङग्रह हो । यसअघि उनका युरेशियाको स्पर्श   (नियात्रासङ्ग्रह), कमरेड भाउजू(कथासङ्ग्रह ), स्रष्टा र डिजिटल वार्ता–अन्तर्वातासङ्ग्रह), यन्त्रवत्, रोडम्याप  र कवच–लघुकथासङ्ग्रह), हिउँको तन्ना (हाइकुसङ्ग्रह) कृतिहरु प्रकाशित भइसकेका छन् ।

सुप्रमा साहित्य पुरस्कार(बेलायत), डायस्पोरा नृपध्वज पुरस्कार(अमेरिका), नारायणजयन्ता लिटरेरी वेब जर्ना्लिज्म अवार्ड(अमेरिका), देवकोटा शताब्दी सम्मान(नेपाल), सत्यमोहन जोशी शताब्दी पदक(नेपाल), भानुभक्त द्विशताब्दी स्वर्ण पदक(नेपाल) आदि पुरस्कार तथा सम्मानहरुद्वारा बजगाईं सम्मानित भएका छन् । उनले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यिक संघसंस्थाको नेतृत्व गरेका छन् ।  


Views: 35