22nd June | 2018 | Friday | 10:44:02 PM

साउदी स्थित नेपाली दूतावासद्धारा श्रमिक सचेतना तथा स्वास्थ्य परीक्षण सम्पन्न

  POSTED ON : Saturday, 17 March, 2018 (1:08:08 PM)

साउदी स्थित नेपाली दूतावासद्धारा श्रमिक सचेतना तथा स्वास्थ्य परीक्षण सम्पन्न

हिमालय टाइम्स । साउदी अरब स्थित नेपाली राजदूतावास रियादले एक दिने निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । साउदीमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी दूतावासले यो कार्यक्रम गरेको हो ।

अरबको पूर्वी क्षेत्र स्थित एस. ओ. एस कम्पनीको सभाहलमा गरिएको एक दिने साक्षात्कार तथा अन्तक्र्रिया कार्यक्रम सहित निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । निःशुल्क स्वास्थ्य परिक्षण शिविरमा करिब १ सय ५० भन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराइ लाभ लिएका थिए भने परीक्षण बदर अल खलिज हस्पिटलका चिकित्सकद्धारा गरिएको थियो ।

 स्वास्थ्य शिविरसँगै भएको अन्तक्र्रिया कार्यक्रम साउदी अरबका लागि नेपाली राजदूतावासका प्रमुख महामहिम राजदूत प्रो. डा. महेन्द्र सिंह राजपुतको विशेष उपस्थितिमा भएको थियो । कार्यक्रममा उपनियोग प्रमुख आनन्द प्रसाद शर्मा, श्रम सहचारी अम्बिका प्रसाद अधिकारी, प्रथम सचिव विजय रावत, गैर आवासिय संघ, साउदी अरबका अध्यक्ष नारायण पासवानको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी संघकी मध्यपूर्वी क्षेत्रकी महिला संयोजक याश्मिन सैयद, वरिष्ठ पत्रकार महेश श्रेष्ठ, वदर अल खलिज हस्पिटलका चिकित्सक डा महम्मद अब्दुल खलिद लगायतको आतित्थ्यमा भएको उक्त कार्यक्रममा बिभिन्न संघ सस्था तथा पीडित श्रमिकले आफूमा परेका समस्या दूतावासका अधिकारीलाई जानकारी गराएका थिए । दूतावासका अधिकारीहरुले नेपाली श्रमिकमा पर्न गएको समस्यालाई छिटो भन्दा छिटो समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 दम्माम र जुवेल क्षेत्रका श्रमिकहरुके उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा राजदूत सिंहले साउदी अरबमा जेल जीवन बिताईरहेका प्रेम राईको रिहाईको लागि जिफन्ट साउदी अरबद्धारा प्रेम राई बचाऊ अभियान सञ्चालन गरेको जानकारी दिएका थिए । साउदी अरब स्थित नेपाली राजदूत सिंहले प्रेम राई उद्धारको लागि एकहजार रियाल अर्थात रू २७००० र अन्य दुई जना अशक्त नेपाली कामदारको परिवारलाई प्रति परिवार साउदी रियाल ५०० हस्तान्तरण गरेका थिए । राजदूत सिंहले साउदीमा आफू रहुन्जेल ठूलो समस्यामा परेका नेपाली कामदारका लागि बर्षेनि ८१ हजार सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा दूतावासद्धारा ७ महिने कार्य सम्पादनको प्रतिवेदन समेत प्रस्तुत गरेको थियो ।

जस अनुसार–

कामदारको गुनासो संवोधन–१,९७५

सेल्टरमा ल्याई उद्धार गरिएका वा नेपाल पठाईएका–३५

शव ब्यवस्थापन–१२४

माग प्रमाणिकरण– २,०१४

राहदानी वितरण–७१२ भिसा–१७१, वारेसनामा–७२

चालक अनुमति पत्र अनुवाद र प्रमाणिकरण–९३

विदामा गई पुन काममा फर्कने सिफारिस पत्र –५७८

क्षतिपूर्ति तथा बिमा रकम–साउदी रियाल १६,३७,४४८.९८, ब्लड मनीको मुद्धा फाइल–६२

कागजात प्रमाणिकरण–३०७, यात्रा अनुमति पत्र–१२६४ आदि रहेको प्रतिवेदनमा उल्लेख छ ।