19th November | 2018 | Monday | 11:24:52 AM

मलेशियामा एक नेपालीले गरे आत्महत्या

तिलोचन गौतम   POSTED ON : Sunday, 01 July, 2018 (7:58:39 PM)

मलेशियामा एक नेपालीले गरे आत्महत्या

क्वालालम्पुर । सल्यान क्षत्रस्वरी गाउँपालिका ६ राना गाउँका हेमराज नेपालीले आफ्नै कोठाको पंख्खामा झुन्डिएर आत्महत्या गरेका छ्न ।

मलेशियाको एक कम्पनीमा काम गर्दै आएका नेपाली आइतबार विहान आफू सुत्ने कोठाको पंख्खामा झुण्डिएको अवस्थामा फेला परे ।

‘अरुबेला हाँसीखुशी देखिने हेमराजको अनुहार शनिबारदेखि नै केही मलिन र भावुक देखिन्थ्यो ।’ उनका साथीले भने ।

जोहोरबारु को पारिस्गुणाङ जलान लापानमा रहेको ज्भलन ज्ष्बउ न्चयगउ कम्पनीमा कार्यरत उनीलाई साथीहरुले झुण्डिरहेको देखेपछी तुरुन्तै प्रहरी लाई खबर गरेका थिए।

 खबर भए लगतै प्रहरी आएर शवलाई जोहोरबारुको सुल्तान हस्पिटलमा पोस्टमार्टमको लागि लगेको मृतकका आफन्त सङ कम्पनीमा पुगेका ललित भट्टराईले जानकारी दिए ।

मृतकको अन्तिम दाहसंस्कार को लागि कम्पनीले यथासक्दो चाँडो नेपाल फिर्ता गराउने तयारी गर्ने कम्पनीले जनाएको छ ।

प्रेम सम्बन्ध असफल बएका कारण मृत्यु भएको हुनसक्ने उनले अन्तिम पटक लेखेको फेसबुक स्टाटसले देखाएको छ ।


फेसबुक स्टाटस



Views: 31