काठमाडौं । मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले विदेशी कामदारको भित्र्याउने र व्यवस्थापन गर्ने एउटै नीति र प्रणाली स्थापना गरिने बताएका छन् ।
उनले एक प्रेस सम्मेलन गरि अब देखि मलेसियामा काम गर्न आउने सबै विदेशी कामदारलाई समान नियम लागू हुने बताए ।
हाल सम्म फरक देशको लागि फरक–फरक निति भएकोमा अब देखि बंगलादेश, नेपाल तथा अन्य मुलुकबाट आएका कामदारलाई समान नीति लागू हुने उनले बताए ।
नेपालले विभिन्न बिचौलिया संयन्त्रमार्फत भिसा प्रक्रियामा कामदारलाई ठगिएपछि श्रमिक पठाउन रोकेको छ । नेपालले एमओयू गरेर कामदारको हित संरक्षण गर्न मलेसियासँग अनुरोध गर्दै आएको थियो । यसका लागि मलेसियाली मानव संशाधनमन्त्री पनि केही समयभित्रै नेपाल आउने कार्यक्रम छ ।
मंगलबार मलेसियाली संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री महाथिरले कामदार ल्याउने सबै मुलुकका लागि एउटै नीति बनाउन एउटा स्वतन्त्र समिति बनाएर काम गर्ने बताएका छन् । यस्तो समितिले नीतिगत व्यवस्थाका लागि समन्वयको काम गर्नेछ ।
उच्च सरकारी अधिकारीको अध्यक्षतामा बन्ने यस्तो समतिमा पूर्वन्यायधिश तथा सचिवहरु रहने जानकारी उनले दिएका छन् । उनले भने ‘विदेशी कामदारको मुद्दा हामीलाई धेरै समस्या भएको छ । कतिपय गैरकानुनी रुपमा आउने र बस्ने गरेका छन्,’ प्रधानमन्त्री महाथिरले भनेका छन्, ‘यस्ता विषय सम्बोधन गर्न हामीलाई समिति आवश्यक परेको हो ।
महाथिरकाअनुसार अहिले १० वटा मात्र बंगलादेशी एजेन्सी रहेकोमा सो नियम निलम्बनगरि नयाँ एजेन्सीलाई जिम्मा दिइएको जानकारी दिँदै उनले यस्ता कम्पनीले एकाधिकार कायम गरेको र पैसा बढी असुलेको पाइएको छ ।
मलेसिया सरकारले वरिष्ठ सरकारी अधिकारी, निवर्तमान न्याधाधीश अथवा सचिवको अध्यक्षतामा एउटै स्वतन्त्र समिति गठन गर्ने समेत बताइएको छ ।
‘त्यसैले हामीले प्रतिस्पर्धाका आधारमा एजेन्टहरु बढाउन बढाउनुपर्छ । अब नेपाल, बंगलादेशसहित सबै कामदार श्रोत मुलुकमा एउटै सिस्टम लागू हुन्छ,’ महाथिरले भने ।
नेपाली कामदारको समस्या समाधान गर्न नेपाल सरकारसँग छिट्टै एउटा एमओइमा हस्ताक्षर गरिने समेत उनले बताए । नेपाल र मलेसिया सरकारबिच समझदारी गर्न चाहेको उनले बताए ।
Views: 227