17th October | 2018 | Wednesday | 10:00:00 PM

साउदी अरब स्थित नेपाली राजदूतावासमा संविधान दिवस

हिमालय टाइम्स   POSTED ON : Thursday, 20 September, 2018 (8:54:55 PM)

साउदी अरब स्थित नेपाली राजदूतावासमा संविधान दिवस

साउदी अरब । साउदी अरबमा रहेको नेपाली राजदूतावासले संविधान दिवसको अवसरमा बुधबार एक कार्यक्रम गरेको छ । 

नेपाली राजदूतावास, रियाद, साउदीअरबद्वारा आयोजित समारोहमा रियाद प्रान्तका गभर्नर तथा समारोहका प्रमुख अतिथि राजकुमार फÞैसल बीन वंदर बीन अब्दुलअजीज अल साउदको गरिमामय उपस्थिति तथा साउदीअरबका परराष्ट्र मन्त्रालयका प्रमुख शिष्टाचार महापाल लगायत अन्य उच्चपदस्थ पदाधिकारीहरू समेत उपस्थित थिए । 

 सुरक्षा निकाय,मित्रराष्ट्रका राजदूत एवं अन्य कुटनीतिज्ञ व्यक्तित्व र नेपाली समुदायका महिला,वाल–वालिका ,विदेशी,स्वदेशी पत्रकार तथा संचारकर्मीहरूको वृहद सहभागितामा यो दिवस मनाइएको थियो ।

साउदीका लागि नेपाली राजदूत डा. महेन्द्र सिंहले  नेपाली जनताको ठूलो त्याग र बलिदानीबाट प्राप्त उपलब्धि र जनताबाट निर्वाचित जनप्रतिनिधिहरुद्धारा निर्मित संविधानको अत्यन्त महत्व रहेको बताए । उक्त अवसरमा नेपालका तर्फबाट साउदी अरबका लागि नेपाली राजदूत सिंहले संविधान दिवसको शुभकामना दिएका थिए ।


Views: 461