24th April | 2019 | Wednesday | 9:31:43 PM

नेपाली दूतावासद्वारा श्रमिकको सेवा–सुविधाबारे छलफल

  POSTED ON : कार्तिक २७, २०७५ (८:५८ AM)

नेपाली दूतावासद्वारा श्रमिकको सेवा–सुविधाबारे छलफल

हिमालय टाइम्स । साउदी अरबस्थित नेपाली दुतावासले नेपाली श्रमिकको सेवा सुविधाका विषयमा छलफल गरेको छ । 

सोमबार साउदी अरबका परराष्ट्र राज्यमन्त्रीसँग नेपालका तर्फबाट साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिंहले परराष्ट्र मन्त्रालयमा छलफल गरेका हुन् । उक्त अवसरमा दुई पक्षबीच साउदी अरब र नेपालको राजनैतिक तथा कुटनैतिक सम्बन्ध लगायत विषयमा छलफल भएको थियो ।

साथै साउदी अरबमा कामगर्ने नेपाली श्रमिकहरुको स्तर उन्नति तथा सेवा सुविधाका विषयमा वृहत छलफल भएको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ ।

 


Views: 289