Date:2017/10/20 |Friday

भवनबाट खसेर मलेसियामा एक नेपालीको मृत्यु

Posted on: March 24, 2017 | views: 139 |

मलेसिया । मलेसियामा भवन निर्माणका क्रममा लडेर एक नेपालीको मृत्यु भएको छ । मलेसियाको भ्रष्टाचारविरुद्धको आयोगको भवनबाट लडेर ३१ बर्षीय भीमबहादुर कटुवालको मृत्यु भएको मलेसियाको अनलाईन पत्रिका द स्टारले जनाएको छ ।
भवनको १७ औं वा २३ औं मध्ये एक तलाबाट लडेर उनको मृत्यु भएको बताइएको छ । कटुवाल भवनबाट खस्दा तल रहेका बंगलादेशी कामदारमाथि परेका थिए । ४५ बर्षीय बंगलादेशी कामदारको दाहिने हात भाँचिएको छ । उनको पुत्रजया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं