Date:2017/11/23 |Thursday

साताको राशिफल

Posted on: August 13, 2017 | views: 110 |

मेष – यो साता तपाईंका लागि मध्यम खालको रहनेछ । सुरुमा मानप्रतिष्ठा वृद्धि, कार्य सिद्धि हुनेछ । महिनाको अन्त्यमा अलिक खर्च विवाद बढ्न सक्छ । स्वास्थ्यप्रति ख्याल राख्नुपर्छ । भाद्र १ उता ३ गतेसम्म लाभकारी कार्य हुन सक्छ । नयाँ कार्यको योजना बन्न सक्छ । शनिको उपासना गर्नु, राहु केतुका लागि देवीको उपासना गरी गरिबलाई खाना दिनु, महामृत्युञ्जय मन्त्र जप वा पाठ गर्नु स्वास्थ्यकर हुनेछ ।


वृष – यो साता तपाईंका लागि मध्यम खालको रहनेछ । २०–३० गते व्यय भार, अपयश, परिश्रम ज्यादा पर्न सक्छ । ३१–३२ गते विशेष मान सम्मान प्रतिष्ठा कार्य सफल हुनेछ । १–३ गते खर्चिलो काम सफल हुनेछ । सामाजिक शैक्षिक सफल सरकारी कार्यमा उन्नति । व्यापार व्यवसायमा भय अल्प लाभ यात्रामा  पर्नसक्छ । सावधान भएर काम गर्नु राम्रो हुनेछ ।


मिथुन – यो साता तपाईंका लागि सुरुमा राम्रो खालको रहनेछ । मध्यमा खर्चिलो र परिश्रम पर्नेछ । भदौ १–३ गते चाहिँ मान प्रतिष्ठा आर्थिक उन्नति वृद्धि हुने योग पर्न सक्छ । यात्रासम्बन्धी खर्च बढ्ने, नयाँ योजना बन्ने, शैक्षिक प्रगति, सामाजिक सरकारी कार्यमा यश लाभ हुने देखिन्छ । विचार पु¥याएर काम गर्दा सफलता पाइन्छ ।


कर्कट – यो साता तपाईंका लागि लाभकारी उन्नति हुनेछ । तर स्वास्थ्यका लागि अलि गडबड हुन्छ । राहुकेतुको शान्ति गर्दा राम्रो हुन्छ । गोमेद धारण गर्दा यो वर्षभरिलाई राम्रो हुन्छ । सरकारी कार्य अलिक जटिल होला । आफन्त जनले अपजश देलान्, बोल्दा होस राख्नु, शैक्षिक प्रगतिमा विलम्ब, लेनदेनमा विवाद, पारिवारिक खर्च बढ्छ ।


सिंह – यो साता तपाईंका लागि मध्यम खालको रहन सक्छ । २९–३० गते अपव्यय, परिश्रम ज्यादा, काममा बाधा व्यवधान पर्न सक्ने, मित्रजन विरोधी हुने । सरकारी क्षेत्रमा भय रहनेछ । ३१–३२ गते भने आफ्नो पक्षमा हुनेछ । सहयोग दिनेलिने बराबर हुनेछन । शत्रु पराजय, कार्य सफल, १ देखि ३ गते सम्म मानसम्मान पाउनुहुनेछ ।


कन्या – यो साता तपाईंका लागि सुरुमा कष्टप्रद रहन सक्छ । स्वास्थ्यका लागि सजग र यात्रामा होसियार राख्नु पर्नेछ । यो महिनाभरि डर त्रास, कार्यको बोझ, दौडधुप, खर्च परिश्रमबाट सफता मिल्नेछ । भाद्र १ देखि ३ गतेसम्मको समय लाभकारी, मानप्रतिष्ठा वृद्धि, अचानक लाभ, स्वास्थ्यमा सुभार, सुरुमा दुःखकस्ट भए पनि अन्त्यमा सुखलाभ हुनेछ ।


तुला – यो साता तपाईंका लागि शुभ रहनेछ । कार्यमा सफलता मिल्ने, विदेश भ्रमणबाट लाभ हुने देखिन्छ । ३१ गतेबाट कार्यमा झन्झट, स्वास्थ्यमा प्रतिकूल असर रहन्छ । चन्द्रमा र राहुकेतु साडेसाती शनिका लागि शान्ति गराउँदा राम्रो हुनेछ । ठूलो र विशेष लाभकारी कार्यमा अवरोध हुन सक्छ । १–३ गते सरकारी पक्षमा भय, सामाजिक सुख ।


वृश्चिक – यो साता तपाईंका लागि सुरुमा मध्यम, उत्तम र अन्त्यमा खराब देखिन्छ । सुरुमा परिश्रमबाट हुने शनिको जय पाठ गणेश उपासनाबाट कार्य सफख हुनेछ । ३१–३२ गते पारिवारिक सुख आफन्तबाट सहयोग हुनेछ । कर्म वृद्धि परिश्रम सफल हुनेछ । १–२–३ गते भने स्वास्थ्यको समस्या खर्चको बाटो बढ्ने यात्रामा होसियार रहनु पर्नेछ ।


धनु – यो साता तपाईंका लागि त्यति उत्तम छैन । अन्त्यमा सुख लाभ, पारिवारिक सुख हुनेछ । दाम्पत्य सहयोग सुख रहनेछ । २९–३० मा पारिवारिक झमेला स्वास्थ्य प्रतिकूल रहनेछ । ३१–३२ मा शत्रु वृद्धि, यात्रा कार्यमा अवरोध, मान्यजनमा पीडा रहन सक्छ । खर्चको अभाव, ढाड कम्मरभर पीडा, राहु केतु र साडेसाती शनिको शान्ति गर्नुपर्छ ।


मकर – यो साता  तपाईंका लागि सुरुमा शारीरिक पीडा हुने, परिवारमा उपचार गराउनुपर्ने, अधिक खर्च, आठौं राहुकेतु १ ले चन्द्रमा, आठौं सूर्यले झगडा बढाउने, आर्थिक, शारीरिक कष्ट दिनेछ । राहु केतु्को जप, पाठ, दानबाट स्वास्थ्य लाभ, आर्थिक उन्नति, कार्यमा राहत, परिवार र सामाजिक पक्षमा मुस्किलले कार्य हुनेछ । गोमेद धारण गर्दा १५ महिनासम्म ८ औं राहुको पीडा कम हुनेछ ।


कुम्भ – यो साता तपाईंका लागि राम्रो रहेको छ । सुरुमा केतुले छाडेको अवस्था छ  भाग्यको बाटो खुला रहेको छ । आफन्तसँग राम्रो रहने कार्यमा सहयोग पाइनेछ । महिनाको अन्त्यमा सरकारी व्यवधान, पारिवारिक समस्या देखापर्ने, खर्च बढ्नेछ । शैक्षिक क्षेत्रमा अवरोध देखा पर्न सक्छ । परिश्रमबाट  सफलता मिल्नेछ ।


मीन – यो साता तपाईंका लागि मध्यम ३१–३२ गते राम्रो लाभकारी रहनेछ । भाग्यवृद्धि, व्यवसायबाट आर्थिक लाभ रहनेछ । २९–३० गते भने खर्च बढ्ने, आफन्त रिसाउने, वाहनबाट कष्ट, १–३ गते भाद्रमा पेट खराब, खानपानमा सावधान रहनुपर्नेछ । अचानक नोक्सान पनि बेहोर्नुपर्ने हुनसक्छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं