22nd July | 2018 | Sunday | 8:49:01 PM

आजको राशिफल

  POSTED ON : Friday, 17 November, 2017 (8:13:55 AM)

आजको राशिफल

२०७४ मंसिर १ गते शुक्रबार,  बाला चतुर्दशी


आजको राशिफल


मेष : साथीभाईको सहयोगमा विशेष काम सफल हुनेछ । रमाइलो भेटघाट हुने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ ।


वृष : धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलापमा मन जानेछ । राजनीति र नोकरीमा पदोन्नति हुनेछ । काम बन्ने ।


मिथुन : सोचेको काम बन्ने । नयाँ जिम्मेवारी पाइनेछ । धार्मिक काममा रुचि जाग्नेछ । प्रशंसा पनि मिल्नेछ ।


कर्कट : अरूको मन जित्न सकिने । कामको चर्चा हुने । गोपनीयतामा ध्यान पुर्याउनुहोला ।


सिंह : सहयोगीहरू जुट्नाले रोकिएका काम बन्न थाल्नेछन । समाजसेवा र परोपकार जस्ता प्रतिष्ठा बढ्ने काम सफल हुनेछ ।


कन्या : विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्नेछ । लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ । दिन राम्रो छ ।


तुला : व्यवसायबाट सोचेको लाभ पाइने । सामाजिक मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ ।


वृश्चिक : ब्यापार व्यवसायबाट सोचेको लाभ मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ । प्रतिनिधिमूलक यात्रा सम्भावना छ । साथीभाइसँगको भेटघाटले रमाईलो                हुने ।


धनु : भ्रमणको सम्भावना देखिन्छ । नयाँ काम गर्ने मौका छ । आयआर्जनमा सुधार आउनेछ ।

मकर: आतिथ्यपूर्ण सम्मान पाइने समय छ । प्रियजनसँग भेटघाट गर्ने मौका मिल्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ ।


कुम्भ : सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्रा गर्ने मौका मिल्नेछ ।

मीन : अप्ठ्यारा चुनौतीहरूलाई समेत पन्छाउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । दिन अनुकुल छ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Sunday, 22 July, 2018 (10:32:22 AM)

आजको राशिफल

: Friday, 20 July, 2018 (10:19:40 AM)

आजको राशिफल

: Thursday, 19 July, 2018 (10:31:43 AM)