18th June | 2018 | Monday | 5:19:55 PM

आजको राशिफल

  POSTED ON : Tuesday, 02 January, 2018 (7:30:05 AM)

आजको राशिफल

आजको राशिफल

१८ पौष २०७४, मंगलवार


मेष : मन प्रसन्न रहनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने छ । भूमिबाट लाभ रहला । दिन उत्तम छ ।


वृष : मनमा दुविधा उत्पन्न हुनेछ । यात्रामा सचेत रहनुहोला । स्वास्थ्यमा सामान्य गडबड हुन सक्छ ।


मिथुन : विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । 


कर्कट : ठूला ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । व्यवासायमा राम्रो । पारिवारिक मेलमिलाप ।


सिंह : आर्थिक कारोवारमा सफलता पाइएला । सन्तान सुख मिल्नेछ । पराक्रम बढ्ने ।


कन्या : सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । शत्रु पराजित हुनेछन् । दिन मध्यम छ ।


तुला : पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँगको भेटले मन प्रशस्न रहने ।


वृश्चिक : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । दिन उत्तम छ ।


धनु : रमाइलो यात्रा रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।


मकर : गरेका काममा ढिलासुस्ती हुनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । यात्राको अवसर मिल्ने छ ।


कुम्भ :धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्ति ।


मीन : घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । राजनीतिमा विजयी भइने छ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Thursday, 14 June, 2018 (9:17:54 AM)

आजको राशिफल

: Tuesday, 12 June, 2018 (8:46:43 AM)

आजको राशिफल

: Monday, 11 June, 2018 (8:51:44 AM)