१७ चैत्र २०७४, शनिवार
आज राशिफल
मेष : बोलीको प्रभाब बढ्नेछ । शिक्षामा सफलता पाईनेछ । भाग्यले साथ दिनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ ।
वृष : विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । पार्टनसीपमा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।
मिथुन : प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आर्थिक सङ्कटमा परिएला । शिक्षामा अवरोध आउनेछ ।
कर्कट : पढाइ लेखाइमा प्रगति हुनेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।
सिंह : महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । स्वादिष्ट भोजन पाईनेछ । मनमा सङ्का उत्पन्न हुनेछ ।
कन्या : धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
तुला : अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना बढ्नेछ ।
वृश्चिक : बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।
धनु : आँटेकोे र ताकेको कार्य पुरा होला ।सांगितीक क्षेत्रमा रुची बढ्नेछ । सन्तान सुख मिल्नेछ ।
मकर : दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
कुम्भ : लाभदायक यात्रा नहोला । प्रेम सम्बन्धमा फाटो आउन सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ । चोटपटकको भयछ ।
मीन : आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।