16th December | 2018 | Sunday | 10:49:48 AM

आजको राशिफल

  POSTED ON : Monday, 28 May, 2018 (9:13:58 AM)

आजको राशिफल

१४ जेठ २०७५, सोमवार 

आजको राशिफल


मेष :  साथीभाइले धोका दिन सक्छन् । पारिवारिक उल्झन आउन सक्छ । प्रेमसम्बन्धमा चिसोपना आउन सक्छ । 


वृष : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नयाँ काम वा रोजगार पाईनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।


मिथुन : धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।


कर्कट : आत्मिक सन्तुष्टि मिल्नेछ । लाभदायक यात्रा रहला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर बढ्नेछ ।


सिंह : आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । चिन्ता बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।


कन्या : अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।


तुला : लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । बन्धु बान्धव बाट सहयोग मिल्नेछ । व्यापारमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।


वृश्चिक : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । रमाइलो जमघटमा सहभागी भईएला । धन प्राप्त हुनेछ । पुनर्मिलनको योग रहेको छ ।


धनु : प्रेममा मतभेद बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।


मकर  : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनेछ ।


कुम्भ : प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।


मीन : सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । प्रेममा सफलता मिल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।


Views: 18

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)