24th June | 2018 | Sunday | 9:00:02 PM

आजको राशिफल

  POSTED ON : Sunday, 03 June, 2018 (9:15:15 AM)

आजको राशिफल

२० जेठ २०७५, आइतवार 

आजको राशिफल


मेष  : वैदेशिक कार्य अघी बढ्नेछ । शेयरको कारोवारबाट सफलता मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । यात्रा रमाइलो हुने ।


वृष  :  एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । शुभ समाचार आउन सक्छ ।


मिथुन :  आफ्नो विचार विपरित निर्णय हुनेछ । काममा ढिलासुस्ती हुनेछ । 


कर्कट :  रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।


सिंह : साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । 


कन्या : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शत्रु पराजित हुनेछन् । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।


तुला  : मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ ।


वृश्चिक  : प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।


धनु :  महत्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ । 


मकर : नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।


कुम्भ : यात्रामा मालसामान हराउन सक्छ । सहकर्मी बाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।


मीन :  विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । 


सम्बन्धित सामग्री:

आजको राशिफल

: Thursday, 14 June, 2018 (9:17:54 AM)

आजको राशिफल

: Tuesday, 12 June, 2018 (8:46:43 AM)

आजको राशिफल

: Monday, 11 June, 2018 (8:51:44 AM)