16th December | 2018 | Sunday | 12:06:16 PM

आजको राशिफल

  POSTED ON : Tuesday, 05 June, 2018 (8:48:35 AM)

आजको राशिफल

२२ जेठ २०७५, मंगलवार 

आजको राशिफल

मेष :  दिनको शुरुवात राम्रो हुने छ । समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।


वृष : छोटो दुरीको लाभदायक यात्रा रहला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला ।


मिथुन : राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।


कर्कट : गरेका काममा ढिलासुस्ती हुनेछ । ठीक समयमा सही निर्णय लिन कठिनाई हुनेछ । महत्वपूर्ण काम गुम्न सक्नेछ ।


सिंह : साथीभाईसंग समय बित्नेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।


कन्या : रोजगारको अवसर मिलनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।


तुला : शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । जोश जाँगर र हिम्मत वढ्नेछ ।


वृश्चिक : आफूलाई कमजोर भएको अनुभूतिहुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । 


धनु  : कला,साहित्यमा रुचि बढ्नेछ । बैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।


मकर :  बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला ।


कुम्भ : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।


मीन : साझेदारी काममा उल्झन आउन सक्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला । रमाइलो यात्राको सम्भावना छ ।


Views: 13

सम्बन्धित सामग्री:

आजको राशिफल

: Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)