24th June | 2018 | Sunday | 8:59:51 PM

आजको राशिफल

  POSTED ON : Monday, 11 June, 2018 (8:51:44 AM)

आजको राशिफल

२८ जेठ २०७५, सोमवार 

आजको राशिफल


मेष : नयाँ कामको थालनीसँग मन हर्षित रहनेछ । आँटेकोे र ताकेको कार्यहरू पुरा होलान् । रमाइलो यात्राको योग रहेको छ ।


वृष :  प्रेममा मनमुटावका साथै मन कमजोर रहला । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।


मिथुन : साथीभाइको सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ ।


कर्कट : समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।


सिंह  :  जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।


कन्या :  सरकारी निकाएको भय रहला । राजनीतिक कार्यमा बाधा आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा सङ्का उत्पन्न हुनेछ ।


तुला : अधुरो काम पूरा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमाइलो यात्रा हुनेछ । 


वृश्चिक :  शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । आकस्मिक धन लाभ होला । पारिवारिक जमघट हुनेछ ।


धनु : दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।


मकर :  स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहला । लेनदेनमा विवाद सृजना हुन सक्नेछ ।


कुम्भ :  चिताएको कामले तीव्रता लिनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । 


मीन  : दैनिक कार्यमा प्रगति हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।


सम्बन्धित सामग्री:

आजको राशिफल

: Thursday, 14 June, 2018 (9:17:54 AM)

आजको राशिफल

: Tuesday, 12 June, 2018 (8:46:43 AM)

आजको राशिफल

: Sunday, 10 June, 2018 (8:56:06 AM)