२६ आषाढ २०७५, मंगलवार
आजको राशिफल
मेष : सामाजिक कार्यमा मन जानेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।
वृष : घरमा अतिथीको आगमन हुनेछ । प्रेम सम्बन्धमा नयाँ आयाम सुरु हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
मिथुन : दाम्पत्य जीवनमा खुशी छाउनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ ।
कर्कट : विद्या र बुद्धिको विकास हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
सिंह : श्रमको उचित मुल्याङ्कन हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । सागीतिक क्षेत्रमा रुची बढ्नेछ ।
कन्या : नसोचेको सफलता मिल्नेछ । रमणीय र सुखद यात्राको योग छ । कला,साहित्यमा रुचि बढ्नेछ । मंगल कार्यको योग छ ।
तुला : कार्य सम्पादनमा समस्या आउला । वैदेशिक क्षेत्र कमजोर रहला । गरेका काममा ढिलासुस्ती हुनेछ ।
वृश्चिक : विशिष्ट व्यक्तिको सहयोग मिल्ला । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
धनु : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।
मकर : सहजै सोचेको काम बन्नेछ ।विश्वास गरेकाले साथ दिनेछन् । व्यापार व्यबसायबाट आम्दानी हुनेछ । उपहार पाइने सम्भावनाछ ।
कुम्भ : स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । फलदायी यात्रा नरहला । दिन शुभ मान्न सकिँदैन ।
मीन : प्रेममा सफलता पाईनेछ विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । रमाइलो यात्राको योग छ ।
Views: 17