७ श्रावण २०७५, सोमवार
आजको राशिफल
मेष : नजिकको व्यक्तिबाट धोका हुन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । खानपिनमा पनि सजक रहनु होला ।
वृष : कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ ।
मिथुन : श्रमको उचित मुल्याङ्कन हुनेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।
कर्कट : शुभ समाचार पाइएला । मान प्रतिष्ठा पाइनेछ । आर्थिक समस्या हल गर्ने कुनै नयाँ उपाय देखा पर्नेछ ।
सिंह : लगनशीलताले कामहरू अगाडी बढ्नेछन । प्रेम सम्बन्ध कसिलो होला । अलंकारको प्राप्ति, नयाँ वस्त्र पाईनेछ । यात्राको सम्भावना छ ।
कन्या : दिनको उत्तरार्ध सुखद रहनेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । आर्थिक कारोवारमा सफलता पाइएला ।
तुला : आर्थिक कारोवारमा मन्दी आउनेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।
वृश्चिक : धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साहशिकता बाट धनार्जन होला । प्रशंसकहरू बढ्नेछन् ।
धनु : लगानी र खर्च बृद्धिको योग छ । घर व्यवहारमा फितलो आउन सक्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।
मकर : रमाइलो यात्राको योग रहेको छ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । पुरानो समस्या सुल्झाउन सकिने छ ।
कुम्भ : पुनर्मिलनको योग रहेको छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ ।
मीन : धर्मकर्ममा मन जानेछ । घरमा अतिथीको आगमन हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । नयाँ जिम्मेवारी पाइएला ।
Views: 62