19th October | 2018 | Friday | 3:33:08 AM

आजको राशिफल

  POSTED ON : Tuesday, 07 August, 2018 (10:09:27 AM)

आजको राशिफल

२२ श्रावण २०७५, मंगलवार 

आजको राशिफल


मेष : परिश्रम गर्दा धनार्जन हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।


वृष : महिलावर्ग बाट विशेष सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्था बाट सहयोग पाईनेछ ।


मिथुन : आर्थिक लेनदेनमा समस्या देखा पर्ला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च बढ्नेछ ।


कर्कट  : दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । शेयरको कारोवारमा सफलता मिल्नेछ ।


सिंह : आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।


कन्या : शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।


तुला  : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला ।


वृश्चिक : वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।


धनु : आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । अचल सम्पत्तिको कारोवार हुनेछ ।


मकर :  वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।


कुम्भ : सोचेको काममा साथीको सहयोग मिल्ने छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ । शरीरका सामान्य समस्या देखिन सक्नेछ ।


मीन :  दैनिक कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्धमा नयाँ आयाम शुरु हुनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।


Views: 15

सम्बन्धित सामग्री:

आजको राशिफल

: Monday, 06 August, 2018 (10:18:05 AM)

आजको राशिफल

: Sunday, 05 August, 2018 (10:13:32 AM)

आजको राशिफल

: Thursday, 02 August, 2018 (10:20:12 AM)