18th February | 2018 | Sunday | 4:31:41 PM

साउनको पहिलो सोमबार पशुपतिमा धर्मावलम्बी (फोटो फिचर)

  POSTED ON : Monday, 17 July, 2017 (6:37:20 PM)

साउनको पहिलो सोमबार पशुपतिमा धर्मावलम्बी (फोटो फिचर)


हिमालय टाइम्स काठमाडौं । साउन महिनाको पहिलो सोमबार पशुपति मन्दिरमा दर्शनकालागी लागेको महिला श्रद्धालुको घुइचो लाग्ने गर्दछ ।

 साउन महिनाको पहिलो सोमबार हिन्दू धर्मावलम्बीहरू शिव मन्दिरमा पूजा आराधना गरी मनाउँदैछन् । साउन महिनाको सोमबार शिवको व्रत बसे मनले चिताएको पूरा हुने विश्वास रहेकाले देशभरिका शिव मन्दिरमा धर्मावलम्बीको भीड लाग्ने गर्दछ । साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । व्रत बसी शिवको आराधना गरे अटल सौभाग्य प्राप्ति हुने विश्वास रहिआएको छ ।

सूर्य दक्षिणको बाटो हिँड्न सुरु गर्ने साउन महिना र सोमबार शास्त्रअनुसार भगवान् शिवको महिना र बार भएकाले पूजा, आराधनाका लागि उत्तम समय रहेको बताइन्छ ।