Date:2017/07/23 |Sunday

बसको ठक्करबाट चालकको मृत्यु

Posted on: July 17, 2017 | views: 23 |

उर्लाबारी । विराटनगर–५ स्थित कोशी राजमार्गमा सोमबार दिउँसो यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

दक्षिणबाट उतरतर्फ जाँदै गरेको मे १ ख २४६७ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको को ३० प ११०० नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक रंगेली नगरपालिका–२ बबियाबिर्ता बस्ने ३० वर्षीय सुरेश भट्टराईको मृत्यु भएको हो । दिउँसो १ बजे बसको ठक्करबाट गम्भीर घाइते भएका भट्टराईको विराट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए । 

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं