Date:2017/08/18 |Friday

अविरल बर्षाका कारण पुर्वि नेपाल तहसनहस, बर्षा अझै रोकिएन

Posted on: August 12, 2017 | views: 45 |

हिमालय टाइम्स । इटहरी लगायत पुर्वका विभिन्न ठाउँमा तीन दिन देखि परेको अविरल बर्षाका कारण ठूलो क्षती भएको छ ।  झापा, मोरङ, सुनसरी, सप्तरी लगायतका जिल्लाहरुमा अविरल बर्षासँगै आएको बाढीका कारण जमिन कटान र डुबानले स्थानीय त्रसित बनेका छन् । दर्जनौं परिवार विस्तावित भएका छन् ।

सप्तकोशी नदिमा खतराको रातो बक्ति बालिएको छ । सुनसरीमा मात्र हाल सम्ममा बाढीका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको इलाका प्रहरी कार्यालय इटहरी जनाएको छ ।

इटहरी ३ गैरी गाउँकी ३० वर्षीया माला शाहा र उनकी छोरी सिठी, भोजपुर घोरेटार घर भइ इटहरी ४ मा बस्ने माला राइ र उनका ३ वर्षीका छोरा रुपेश र ८ वर्षकी छोरी रुपसनीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

घरभित्र बाढी पस्दा विद्युत सर्ट भइ सुनसरी इटहरी ४ का ४० वर्षीय इश्वर सुनुवारको ज्यान गएको प्रहरले जानकारी दिएको छ । 

झापाका कन्काई, कमल, विरिङको बाढी गाँउमा पसेको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ४ अन्तर्गतको विश्वडुव्बामा निर्मित कन्काईको तटबन्धन (बाँध) नदिले भत्काउँदा हजारौं स्थानीयमा जोखिम बढेको छ । त्यसैगरि कन्काई नदिको पानी गाँउमा पसेपछि गौरीगञ्ज गाँउपालिका साविकको महाभाराको पूर्वदक्षिणी क्षेत्र अन्तर्गत आपगाछीमा सयौं परिवार विस्तापित भएका छन् । रेडक्रसका अनुसार भद्रपुर नगरपालिका(१, साबिक पृथ्वीनगर(८ मा १५० परिवार डुवानमा परी प्रभावित भएका छन् ।गौरीगञ्ज गाउँपालिकाको वडा नं. १, साबिक महाभारा ९, रङ्गिया थानमा कनकाई नदीको पानी पस्दा जमिन कटान गरिरहेकाले प्रत्यक्ष रुपमा ५० देखि ६० परिवार तथा अप्रत्यक्ष रुपमा ५ सयदेखि ६ सय परिवार जोखिममा रहेको रेडक्रसले जनाएको छ ।

भद्रपुरको भैसावाडी भन्ने स्थानमा मेची नदीमा पानीको बहाव बढ्दा १ सय ३० परिवार डुवानमा परेका छन् ।

झापाको भद्रपुर, विर्तामोड, दमक लगायतका शहरी क्षेत्र समेत पानीको उच्च जोखिममा रहेका छन् । 

अविरल वर्षका कारण विराटनगरका अधिकांश स्थान डुवानमा परेका छन् । पानीको निकास नहुँदा मुख्य राजमार्गलगायत बजार क्षेत्र नै डुवानमा परेको हो ।

विहीबार देखि परेको भारी बर्षा अझै नरोकिएका कारण स्थानीय त्रसित बनेका छन् ।



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं