Date:2017/08/18 |Friday

झापा लगायत पुर्वका जिल्लामा बाढीको बबण्डर, २३ जनाको ज्यान लियो

Posted on: August 12, 2017 | views: 82 |

हिमालय टाइम्स काठमाडौं । चार दिनदेखिको अविरल बर्षाका कारण देशैभरि ठूलो जनधनको क्षति भएको छ । बाढी पहिरोको कारण शनिबार विहानसम्म प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ भने दर्जनौं घर बगेका छन् ।

गृहमन्त्रालयका अनुसार अहिलेसम्म बाढी र पहिरोमा परेर २३ जनाको ज्यान गएको छ भने चार जना बेपत्ता भएका छन् ।

विगत चार दिनदेखि निरन्तर परेको वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेका छन् । रेडक्रस झापाका सभापति लोकराज ढकालले वर्षाका कारण झापाका अधिकांश क्षेत्र डुवानका परेको बताएका छन । 

झापाका   साविकका पाँचगाछी, महाभारा, बेगुन्धुरा, शिवगञ्ज, धरमपुर, कोरोबारी, गौरादह, कुमरखोद, पाठामारी, बुधबारे लगायतका क्षेत्रहरु डुबानमा परेका छन् । त्यस्तै विर्तामोड, अर्जुनधारा, शनिश्चरे लगायतका क्षेत्र डुवानमा परेको जिल्ला आपकालिन सञ्चालन केन्द्र झापाले जानकारी दिएको छ ।

 त्यसैगरि कमलखोलाको बाढीले गौरादह नगरपालिका साविकको बैगन्धुराको सन्थालबस्तीका बासिन्दा पूर्णरुपमा विस्तापित भएको छन्। कन्काइ नदिको पानी खतराको संकेत भन्दा माथि गएको छ ।

धेरै स्थानमा संचार सेवा अवरुद्ध हुन पुगेको छ । 

इटहरीमा सात जनाको शव पानीमा भेटियो

सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ । 

भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा डेरा लिई बस्ने माया राईकी दुईवटा सन्तान मृत अवस्थामा फेला परेका छन् । उहाँकी ८ वर्षीया छोरी रुप्सनी, तीन वर्षीय छोरा रुपेश मृत अवस्थामा फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 

त्यस्तै, इटहरी–४ को आइतबारे बस्ने वर्ष ४० का ईश्वर सुनवार, इटहरी–४ को गौंरीगाउँ बस्ने वर्ष ३० की माला साह, उनकी १० वर्षीय छोरी सिटी, इटहरी–२० मा बस्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र इटहरी–९ मा ३०÷३५ वर्षकी एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । 

सिरहाको लहान नगरपालिका १ स्थित मुसहर बस्तीमा बर्षाको पानी पसेपछि अस्तव्यस्त बनेको छ । सुकुम्बासी मुसहरहरुले नहरको बाँधमा घर बनाएर बसेका थिए । बर्षाको पानी बग्ने उचित व्यवस्थापन नहुँदा बाँधमा पानी जमेको थियो ।



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं