22nd July | 2018 | Sunday | 3:14:47 AM

झापाको मदरगाछ ‘कछुदह’ टप्पूमा बचाऊ–बचाऊ भन्दै बाढीपिडित

  POSTED ON : Saturday, 12 August, 2017 (3:57:14 PM)

झापाको मदरगाछ  ‘कछुदह’ टप्पूमा बचाऊ–बचाऊ भन्दै बाढीपिडित

हिमालय टाइम्स झापा । अविरल बर्षासँगै आएको बाढीले मदरगाछ बजार पश्चिम  दुई तिरको सानोमाई र ठूलोमाईको बीचमा पर्ने कछुदह गाँउमा अत्यन्तै कारुणिक अवस्था छ । 

६ महिने गर्भवती देखि लिएर १–२ बर्षका बालबालिका लगायत बृद्धअबस्थाका करिव ३०  जना सर्वसाधारणको बचाऊ– बचाऊ गरिरहेको खवर छ । छिमेकी गाँउका स्थानीय कमल प्रसाईले मदरगाछ बाढीको उच्च जोखिममा परेकालाई उद्धार गर्न हेलिकप्टर बीना सम्भव नभएको जानकारी गराए ।

स्थानीयले धेरै प्रयास गरेपनि त्यहाँ जान नसकिएको उनले बताए । ‘खोलामा पानीको बेग अति तिब्र गतिमा भएको कारण कछुदहमा उद्धार गर्न जान सकिएको छैन । ’ उनले भने । 

सुरुङ्गामा रहेको सशस्त्र प्रहरी पनि बाटो विग्रिएको कारण तल झर्न सकेको छैन । जतिसक्दो चाँडो कछुदहका आपतमा परेका बासिन्दालाई हेलिकप्टरबाट उद्धार नगरे ठूलो मानविय क्षति हुने देखिन्छ ।