Date:2017/08/18 |Friday

कन्काई नदीले बगाएर ४ जना बेपत्ता

Posted on: August 12, 2017 | views: 56 |

हिमालय टाइम्स झापा । झापा गाउँपालिका– २ का कलिप्रसाद राजवंशीसहित उनको चार जनाको परिवारलाई कन्काई नदीले बगाएको छ । 

नदीले बगाएर बेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

हावाहुरी सहितको अविरल बर्षाका कारण पूर्विनेपालका तराईका जिल्ला बढी प्रभावित छन् । झापा, मोरङ, सुनसरी, सप्तरी लगायतका जिल्लाका हजारौं बासिन्दा विस्थापित भएका छन् । चार दिन देखि परेको पानी अझै सम्म रोकिएको छैन ।

खोलामा आएको बाढीका कारण करिव तीन दर्जन ब्यक्तिले ज्यान गुमाइसकेका छन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं