18th February | 2018 | Sunday | 4:37:55 PM

आइतबार पनि भारी बर्षा हुनसक्ने मौषमविद्को भनाई

  POSTED ON : Saturday, 12 August, 2017 (8:39:05 PM)

आइतबार पनि भारी बर्षा हुनसक्ने मौषमविद्को भनाई

हिमालय टाइम्स काठमाडौं । आइतबार पनि भारी वर्षा हुने मौसमविदले बताएका छन् । चार दिन देखि अविरल बर्षा जारी रहेकाले देशका अधिकांश जिल्ला डुबानमा परेका छन् ।

मनसूनी न्यून चापीय रेखा अहिले नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्य तथा आसपासको भागहरुमा बिद्यमान रहेकाले नेपालमा मनसुनी गतिबिधि सक्रिय रहेको मौषमविद्ले बताएका छन् । 

बाढीमा परेर हाल सम्म ३० जनाको मृत्यु भइसकेको गृहमन्त्रालयले जनाएको छ । देशका धेरै स्थानमा टेलिफोन सम्पर्क विच्छेद भएको छ । ठूलो बर्षा भएसँगै धेरै स्थानमा विद्युत् अवरोध हुन पुगेको छ ।