22nd June | 2018 | Friday | 5:54:13 AM

बाढीले जीप बगाउँदा रौतहटमा ६ जनाको मृत्यु

  POSTED ON : Sunday, 13 August, 2017 (2:25:57 PM)

बाढीले जीप बगाउँदा रौतहटमा ६ जनाको मृत्यु

हिमालय टाइम्स
रौतहट । रौतहटको राजपुर गाउँपालिका–३ दमार चोकस्थित भित्री सडक खण्डमा वर्षाले कटान गरेको सडकमा बाढीले जीप बगाउँदा ६ जनाको मृत्यु भएको छ । लौकाहाबाट राजपुरतर्फ गइरहेको भारतीय नम्बर प्लेटको बि.एच २६ ए वाई १९३९ नम्बरको जीप बगाउँदा जिपमा सवार २ जना पुरुष, ३ जना महिला र १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जीप चालक  लौकहा–१ बस्ने शम्भु प्रसाद यादव र राजन प्रसाद यादव इलाका प्रहरी कार्यालय राजपुरको सम्पर्कमा आएका छन् ।