22nd February | 2018 | Thursday | 2:52:34 AM

सरकार भन्दा कलाकार एककदम अघि

  POSTED ON : Sunday, 13 August, 2017 (5:27:02 PM)

सरकार भन्दा कलाकार एककदम अघि

हिमालय टाइम्स काठमाडौं । अविरल बर्षा पछि तराई मधेसका अधिकांश स्थान अहिले जलमग्न भएको छ । ५० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने दर्जनौ बेपत्ता भएका छन् । बाढीका कारण आवतजावत बन्द छ । उद्धार र राहतको कार्यक्रम पीडित सम्म पुग्न सकेको छैन ।

यसै अवस्थामा कलाकारहरुले बाढीपहिरो पीडितलाई घाउमा महलम लगाउनका लागि राहत र औषधी उपचारमा सेवा पुर्याउन अभियान थालेका छन् । कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले धुर्मुस–सुन्तली फाउण्डेसनमार्फत राहत अभियान सुरु गरेका छन् । 

धुर्मुसले महोत्तरीमा चिकित्सकसहितको राहत टिम तयारी अवस्थामा रहेको बताउँदै तत्कालै काम सुरु गर्ने बताए । 

कलाकार दीपकराज गिरीले बाढी पीडितका लागि एक लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । त्यसैगरि कलाकार दीपाश्री निरौलाले मोरङ समाजमार्फत ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकी छन् ।

हास्यब्यंय कलाकार मनोज गजुरेलले पनि व्यक्तिगत सहयोग घोषणा गर्दै राहतको अपिल गरेका छन् । परिवारका लागि दसैं, तिज मनाउने खर्चसमेत गरेर २० हजार रुपैयाँ व्यक्तिगत सहयोगको घोषणा गरेका छन् ।

अमेरिकामा रहेका गायक प्रेमराजा महतले २१ हजार रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

अभिनेत्री प्रियंका कार्कीले बाढी पीडितका लागि ५१ हजार रुपैयाँ दिने घोषणा गरेकी छन् । 




सम्बन्धित सामग्री:

पुन र आले मारिए

: Wednesday, 21 February, 2018 (11:28:19 AM)