Date:2017/11/25 |Saturday

सौतिकदेव छात्रावृत्ति पुरस्कार वितरण

Posted on: September 11, 2017 | views: 33 |

भद्रपुर । झापाको भद्रपुर निवासी देव परिवारद्वारा स्थापित सौतिकदेव छात्रावृत्ति पुरस्कार वितरण भद्रपुरमा आइतबार आयोजित एक कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।
सौतिकदेवको १०औँ स्मृति दिवसका अवसर पारेर सारदा आधारभूत विद्यालय भद्रपुरको संयोजन तथा सौतिकदेव स्मृति छात्रवृत्ति वितरण व्यवस्थापन समितिको आयोजनामा सो पुरस्कार वितरण गरिएको हो ।
स्रोत केन्द्रस्तरीय सामुदायिक विद्यालयमध्ये वीरेन्द्र मावि चन्द्रगढीमा अध्ययनरत विसं २०७३ को कक्षा ८ उत्तीर्ण उत्कृष्ट तीन जना छात्राछात्रलाई सो छात्रवृत्ति वितरण गरिएको छ ।
कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले सर्वोउत्कृष्ट हुने छात्र सुरेन्द्र शर्मा, आसुतोष पौडेल र छात्रा अनुसा बस्नेतलाई नगद पुरुस्कारसहित छात्रवृत्ति प्रदान गरे । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं