Date:2017/09/23 |Saturday

बसको ठक्करबाट महिलाको मृत्यु

Posted on: September 11, 2017 | views: 40 |

जीतपुर  । मिनिबसले ठक्कर दिँदा कपिलवस्तुमा आइतबार साँझ एक महिलाको मृत्यु भएको छ ।
वाणगंगा–१ बैरियामा बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख १५७१ नंको मिनिबसले ठक्कर दिँदा दाङ गोबडिया गाउँपालिका–६ बस्ने ५५ वर्षीया किजी चौधरीको मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गको बैरियामा बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते चौधरीको बुटवलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।
मृतक चौधरी हाल पिपराको एक विद्यालयमा लेबर काम गर्दै आएकी थिइन् । रासस


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं